Skip to main content

Khotang Khabar

जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करण यही साता सुरु हुँदै।

जीतपुरसिमरा।
जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करणको उद्घाटन यसै साता सिमरा रंगशालामा हुने भएको छ। आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार, प्रतियोगिता फ्लड लाइटमा हुने छ र यसमा ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गरिएको हो।

प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरलाई १५ हजार रुपैयाँ र ट्रफीसहित सम्मानित गरिनेछ। प्रत्येक खेलका प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस वर्षको प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, भरतपुर फुटबल क्लब चितवन, सलहेश युवा क्लब सिराहा, मकवानपुर जिल्ला फुटबल संघ हेटौंडा र आयोजक नवजनजागृति युवा क्लबको सहभागिता रहनेछ।

क्लबका अनुसार, आर्थिक अवस्था र ए डिभिजन क्लबहरूको वर्तमान अवस्थाका कारण यस पटक सहभागि टोलीको संख्या घटाइएको हो। अघिल्ला संस्करणहरूमा कम्तिमा १० टोलीको सहभागिता हुने गरेको थियो।

पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष राजदास श्रेष्ठ, शंकर थापा, महासचिव शम्भुसिंह ठकुरी लगायतका क्लबका पदाधिकारीहरूको उपस्थिति थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...