Skip to main content

Khotang Khabar

लखनउ सुपर जायन्ट्सले आइपिएल २०२५ मा पहिलो जित हात पार्यो।

 

बाँके।
लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आफ्नो पहिलो जित हात पारेको छ। लखनउले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो। १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे। दोस्रो विकेटका लागि पुरन र मिचेल मार्शले १ सय १६ रनको शतकीय साझेदारी गरे। मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाएका थिए।

कप्तान ऋषभ पन्त १५ बलमा १५ रनमा आउट हुँदा अब्दुल समाद ८ बलमा २ चौका र २ छक्काको सहयोगमा २२ रनमा अविजित रहे। आयुष बदोनी ६ रनमा आउट हुँदा डेविड मिलर १३ रनमा अविजित रहे।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए।

यसअघि, घरेलु मैदान राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। अनिकेत बर्माले १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोडे। नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ र अभिषेक शर्मा ६ रनमा आउट भए।

पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशन पहिलो बलमा नै आउट भए। कप्तान कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए।

लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवले समान १ विकेट लिए।

पुनः लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो, भने हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...