Skip to main content

Khotang Khabar

चार दलीय समाजवादी मोर्चा र राजावादीको प्रदर्शन, काठमाडौँमा सुरक्षा कडा ।

काठमाडौँ,
आज काठमाडौँमा चार दलीय समाजवादी मोर्चा र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलाप र गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भने राजावादीहरुले वर्तमान व्यवस्थाका विरुद्धमा आवाज उठाउँदै छन्।

सुरक्षा व्यवस्थालाई कडा बनाउँदै काठमाडौँका विभिन्न स्थानमा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचालन गरिएको छ। प्रदर्शनको कारण, काठमाडौँका विभिन्न स्थानमा सवारी आवागमनमा समस्या देखा परेको छ, र कतिपय रुटहरु बन्द गरिएका छन्। समाजवादी मोर्चाले भृकुटीमण्डपमा भेला हुने र राजावादीले तीनकुनेमा सभा आयोजना गर्ने तयारी गरेका छन्।

समाजवादी मोर्चाले सात वटा रुटबाट जुलुस निकाल्दै भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरेको छ, जसमा प्रमुख रुटहरु माइतीघर, कुपन्डोल, र सोह्रखुट्टे क्षेत्रबाट शुरू हुनेछन्।

राजावादी समूहले भने भक्तपुर, जोरपाटी, बौद्ध, र कलंकीतर्फबाट जुलुस निकालेर तीनकुनेमा सम्पन्न गर्ने तयारी गरेका छन्। स्थानीय प्रशासनले दुई समूहबीच भेट हुन नदिन विशेष सुरक्षा व्यवस्था गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...