Skip to main content

Khotang Khabar

६८ औं सहकारी दिवस सरकार र सहकारी संस्थाको संयुक्तिमा मनाइने।

काठमाडौं।
राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेको छ। यस वर्षको राष्ट्रिय सहकारी दिवस चैत २० गते मनाइनेछ। यस विशेष अवसरको लागि तय गरिएको थिम “मर्यादित सहकारीः समुन्नत समाज” रहेको छ ।

सहकारी दिवसको उद्देश्य सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन र सामाजिक उत्तरदायित्वका मूल्यहरूसँग जोडेर नेपाली समाजको समृद्धि र समान अवसरयुक्त आर्थिक विकासमा टेवा पुर्याउनु हो। महासंघका अध्यक्ष ओमदेवी मल्लका अनुसार, यस दिवसको माध्यमबाट सहकारी आन्दोलनलाई अझ सशक्त बनाउने र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने प्रयास गरिनेछ।

यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको संयोजकत्वमा र महासंघका अध्यक्ष ओमदेवी मल्लको सह–संयोजकत्वमा एक मूल समारोह समिति गठन गरिने जानकारी दिइएको छ। यस वर्षको सहकारी दिवसका कार्यक्रमलाई नीति सुधार, सहकारी प्रवद्र्धन, र समन्वयात्मक विकासमा केन्द्रित गरिनेछ।

सरकार र सहकारी संस्थाहरू बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनका लागि महासंघले सबै तर्फका समन्वयको महत्वलाई औंल्याएको छ। यसले नेपालका सहकारी संस्थाहरूलाई आर्थिक स्थायित्व र सामाजिक समावेशितामा थप बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...