Skip to main content

Khotang Khabar

मधेस प्रदेश सरकार एसइई परीक्षाबाट बाहिर, मुख्यमन्त्री सिंहको कडा चेतावनी।

बर्दिया ।
मधेस प्रदेश सरकारले आगामी एसइई परीक्षामा भाग नलिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा समन्वय समितिहरूको निर्देशनको उल्लङ्घनपछि प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्। सिंहले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशका परीक्षामा चलखेल गर्दै विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरिरहेको आरोप समेत लगाए।

सिंहले भने, “परीक्षाको केन्द्र अध्यक्ष चयन प्रक्रिया सम्बन्धी प्रदेश सरकारले गरेको निर्देशनको पालना नगरिएपछि अब हामी यो परीक्षामा सहभागी हुदैनौं।” उनले एसइई परीक्षा समाप्त भइसकेपछि शिक्षा अधिकारी र अन्य निकायहरूको अनुगमन गरी कडा कदम चाल्ने चेतावनी पनि दिए।

प्रदेश सरकारले गत फागुन महिनामा केन्द्राध्यक्षको चयन गोला प्रथाबाट गर्न निर्देशन दिएको थियो, तर जिल्ला परीक्षा समन्वय समितिहरूले सो निर्णयको उल्टो कार्य गर्दै विद्यालय प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...