Skip to main content

Khotang Khabar

अस्पताल र पोलिक्लिनिक व्यवसायी फरार ।

बाँके।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न अस्पताल तथा पोलिकिनिकहरुको अनुगमन गरेका छन् । बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका हुन् ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि मुख्यमन्त्री सिंहले क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिए । उनले प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णताका साथ परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गरिरहेको हल्ला फिजिएपछि मलङ्गवा बजारका अधिकाङ्श निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए । ‘चार–पाँच वटाबाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये तीन वटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमतिपत्र फेला परे,’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...