Skip to main content

Khotang Khabar

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग टेलिफोनमार्फत कुरा गर्दै इजरायल-हमास युद्धको बीचमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभयो। राष्ट्रपति अल-सिसीले यो विषयमा प्रयास जारी रहेको जानकारी दिएर, इजरायल-हमास बन्दी आदानप्रदान प्रक्रियामा नेपाललाई सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराममा इजिप्टको महत्वपूर्ण भूमिका को सराहना गर्दै, आगामी सगरमाथा संवाद कार्यक्रम २०२५ मा राष्ट्रपति अल-सिसीलाई निमन्त्रणा गर्नुभएको छ। दुवै नेताबीच संयुक्त राष्ट्रसंघमा सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र द्विपक्षीय सम्बन्धको विस्तारको विभिन्न पक्षमा पनि छलफल भएको थियो। यो संवादले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र नेपालको कूटनीतिक प्रयासलाई बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...