Skip to main content

Khotang Khabar

Breaking News 2

भारतीय अभिनेता सोनू सूदको पत्नी सोनालीको सडक दुर्घटना।

भारतीय अभिनेता सोनू सूदको पत्नी सोनालीको सडक दुर्घटना।

बाँके। बलिउड अभिनेता सोनू सूदको पत्नी सोनाली सूदको मुम्बई-नागपुर राजमार्गमा सडक दुर्घटना भएको छ। यो घटना सोमबार राति करीब ९ बजेको समयमा भएको हो। सोनाली त्यससमय आफ्नी बहिनी र भतिजासँग कारमा थिइन्, जब उनीहरूको कार एउटा ट्रकसँग ठोक्कियो। दुर्घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा कार निकै क्षतिग्रस्त देखिएको छ। कारको बोनट पूर्ण रूपमा भत्किएको छ भने सिसाहरू चकनाचुर भएका छन्। यद्यपि, राहतको कुरा के छ भने सोनाली, उनकी बहिनी र भतिजालाई गम्भीर चोट लागेको छैन। सोनू सूदले यो घटनाबारे पुष्टि गर्दै भनेका छन् कि उनकी पत्नी अहिले ठीक छिन् र यो "चमत्कारी बचाव" थियो। सोनाली र उनका भतिजाको उपचार नागपुरको म्याक्स अस्पतालमा…
Read More
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि आक्रमण।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि आक्रमण।

  भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि अज्ञात समूहले आक्रमण गरेको छ। केन्द्रीय डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित आपत्तिजनक शब्द राखिएको आरोपमा उक्त समूहले आक्रमण गरेको हो। आक्रमणको क्रममा कम्प्युटर, टेबल लगायतका विभिन्न सामग्रीहरु नष्ट भएका छन्। घटनामा १३/१४ जनाको समूह संलग्न भएको विद्युतका कर्मचारीहरुले बताएका छन्। यस घटनाको निन्दा गर्दै कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् र उक्त समूहको कडा कारबाहीको माग समेत गरेका छन्। प्राधिकरणका प्रमुख र कर्मचारीहरुले यसै बीचमा सुरक्षा व्यवस्था थप कडा गर्ने निर्णय गरेका छन्।
Read More
देउवाले पूर्व राजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित।

देउवाले पूर्व राजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित।

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादी पक्षका नेताहरूमा आक्रोशको लहर दौडिएको छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा देउवाले शाहलाई राप्रपाको सभापति बन्न सक्ने हैसियत नभएको बताएका थिए। उनले यसरी भनिसकेपछि राजावादी नेताहरूले यसको विरोध जनाउँदै प्रतिक्रिया दिएका छन्। राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देउवाको भनाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै, काँग्रेस पार्टीका सिद्धान्तहरू प्रति आपत्ति जनाएका छन्। शाहीले देउवालाई चर्को आलोचना गर्दै भने, "यदि तपाई काँग्रेसको सिद्धान्त र मूल्यप्रति वफादार हुनुहुन्थ्यो भने यस्तो सुझाव दिनु हुन्नथ्यो। हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएको छ र अब राजालाई राप्रपाको सभापति बन्न भन्नु…
Read More
महाअभियोग लागेका राष्ट्रपति हान डक सुलाई पुनर्बहाली ।

महाअभियोग लागेका राष्ट्रपति हान डक सुलाई पुनर्बहाली ।

बाँके दक्षिण कोरियाली संवैधानिक अदालतले सोमबार महाभियोग लगाइएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई पदमा पुनर्बहाली गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, संसद्ले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपति हान डक सु अहिले पदमा फर्किएका हुन्। गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएको थियो। त्यसपछि, प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए। तर, राष्ट्रपति योलविरुद्धको महाभियोगको प्रक्रिया अदालतमा अघि बढाउन रोकेपछि उनलाई पनि संसद्ले महाभियोग लगाएको थियो। सोमबार, संवैधानिक अदालतका बहुमत न्यायाधीशहरूले महाभियोग प्रस्ताव अस्वीकृत गरेपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किएका हुन्। अदालतले हानको पदमा पुनर्बहाली गरेपछि उनले धन्यवाद ज्ञापन गर्दै भने, “निलम्बनमा रहँदा…
Read More
बाजुरामा छाउप्रथा पुनः बढ्दै, महिलाहरूको बीचमा त्रास।

बाजुरामा छाउप्रथा पुनः बढ्दै, महिलाहरूको बीचमा त्रास।

बाजुरा । बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बनेको कारण महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन्। यहाँका धामीझाँक्रीहरूले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाउने भन्दै डर देखाउन थालेपछि महिलाहरू पुनः छाउगोठमा बस्न बाध्य भएका छन्। महिनावारी भएको बेला महिलाहरूको घरमा बस्न चाहनासमेत पाउने आशा थियो, तर धामीझाँक्रीहरूको दबाब र देवताको डरका कारण उनीहरूले छाउगोठमा बस्न थालेका छन्। पार्वती थापाले यस प्रथाको बारेमा बोल्दै भनिन्, "महिनावारी भएको बेला घरमा सुत्न चाहन्छु, तर देवताको डरले मलाई घरमा बस्न दिँदैन, त्यसैले म छाउगोठमा जान बाध्य छु।" छाउगोठको प्रथा विरुद्ध केही वर्षअघि गरेको अभियानमा लगभग ५ हजार २ सय ११ वटा छाउगोठ भत्काइएको थियो।…
Read More
पालिका अध्यक्ष सहित ३ जना विरुद्ध जातीय छुवाछुत विरुद्ध जाहेरी दर्ता ।

पालिका अध्यक्ष सहित ३ जना विरुद्ध जातीय छुवाछुत विरुद्ध जाहेरी दर्ता ।

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको आयोजनाका नाममा डोम परिवारलाई घरदेखि उठीबास लगाउने घटना सार्वजनिक भएको छ। पीडित परिवारले जातीय भेदभाव र छुवाछुतको मुद्दामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र एक अन्य व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका छन्। शुक्रबार दर्ता भएको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई आरोपित बनाइएको छ। उक्त घटनामा, महायज्ञ स्थलगत घरलाई डोजर लगाएर भत्काइने क्रममा पीडित दीपक मल्लिक र उनका परिवारलाई अछूतको आरोपमा हदैसम्मको भेदभाव र अपमान भोग्न परेको छ। प्रहरीले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका बजरंगी बाबाको खोजी कार्य भइरहेको…
Read More
मुख्यमन्त्री सतीशकुमार सिंहद्वारा सर्लाहीका १९ अवैध स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन।

मुख्यमन्त्री सतीशकुमार सिंहद्वारा सर्लाहीका १९ अवैध स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन।

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा १९ वटा अवैध निजी स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्। हिजो, मुख्यमन्त्री सिंहले लालबन्दी र नवलपुर क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका थिए। अनुगमनको क्रममा दुई स्वास्थ्य संस्थाको कागजात दुरुस्त पाइएको र बाँकी दुई वटाका नवीकरण असफल भएपछि तुरुन्तै नवीकरण गर्न निर्देशन दिइएको उनले जानकारी दिए। मुख्यमन्त्री सिंहले केही समय अघि सर्लाही सदरमुकाम मलङ्गवामा पनि अवैध निजी अस्पतालहरूको अनुगमन गरी बन्द गर्न निर्देशन दिएका थिए। तर, ती अस्पतालहरू पुनः खुल्ने र सञ्चालित हुने जस्ता जनगुनासोहरू बढेका छन्।
Read More
विद्युत् बक्यौता तिर्न लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए किस्ता ।

विद्युत् बक्यौता तिर्न लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए किस्ता ।

बाँके। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टलाई विद्युत् खपतको बक्यौता रकम तिर्ने चेतावनी दिएपछि, यी दुई उद्योगहरूले क्रमशः पहिलो र दोस्रो किस्ता बुझाएका छन्। लक्ष्मी स्टीलले २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रकममध्ये ८४ लाख ९८ हजार रुपैयाँ तिर्ने पहिलो किस्ता शुक्रबार बुझाएको छ। यसले २८ किस्तामा बक्यौता रकम तिर्ने योजना बनाएको छ। अर्को तर्फ, सर्वोत्तम सिमेन्टले ११ करोड ९६ लाख रुपैयाँको बक्यौता रकममध्ये दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको छ।
Read More
झापामा दुई ट्रकमा १ हजार ६ सय ३६ किलो गाँजा सहित दुई जना पक्राउ।

झापामा दुई ट्रकमा १ हजार ६ सय ३६ किलो गाँजा सहित दुई जना पक्राउ।

विराटनगर | झापाको मेची राजमार्गमा सशस्त्र प्रहरीको कारबाहीमा १ हजार ६ सय ३६ किलो गाँजा राखिएको दुईवटा ट्रकसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ खण्डमा सशस्त्र प्रहरीले ट्रक चेकजाँच गर्दा दुईवटा ट्रकमा ५७ वटा बोरामा गाँजा फेला परेको थियो। ट्रकको नम्बर को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ रहेको बताइएको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको शहीदभूमि नगरपालिका वडा नम्बर ४ का महेश राई र इलाम जिल्लाको माइजोगाई गाउँपालिका वडा नम्बर २ का ३७ वर्षे गंगाबहादुर बस्नेत रहेका छन्। उनीहरूको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र पाँच थान मोबाइल सेट…
Read More
दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल, निषेधित क्षेत्र तोड्ने प्रयास।

दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल, निषेधित क्षेत्र तोड्ने प्रयास।

बाँके। अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसको अवसरमा शुक्रवार नयाँ बानेश्वरमा दलित समुदायले विरोध गरेको छ । प्रदर्शनको क्रममा दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल भएको हो। प्रदर्शनकारीहरूले "दलितलाई खै?" लेखिएको प्लेकार्ड बोकेर अर्धनग्न भई विरोध जताएका थिए। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले रोक लगाउने क्रममा यस झडपको स्थिति उत्पन्न भएको हो। दलित अधिकारका पक्षमा आवाज उठाउने कार्यकर्ताहरूले जातीय विभेदको अन्त्य र समानता सुनिश्चित गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।
Read More