Skip to main content

Khotang Khabar

प्रमुख समाचार

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण: बिमस्टेक शिखर सम्मेलनमा हुने सहभागी ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण: बिमस्टेक शिखर सम्मेलनमा हुने सहभागी ।

बाँके। प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत १९ गतेदेखि थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन्। यस भ्रमणको मुख्य उद्देश्य बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागिता जनाउनु हो। यस सम्मेलनको सुरुआत २२ गते बैंककमा हुने छ। प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा हो। यो भ्रमण नेपालको लागि ऐतिहासिक महत्व राख्दछ, किनकि अहिलेसम्म नेपालको कुनै पनि प्रमुख सरकारले थाइल्याण्डको औपचारिक भ्रमण गरेको थिएन। यस अघि १९८३ मा थाइल्याण्डका प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए। प्रधानमन्त्री ओलीको नेतृत्वमा १९ देखि २३ चैतसम्म हुने भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले पूर्वमै थालेको थियो। नेपाल र थाइल्याण्डबीच…
Read More
कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणमा सुधारका महत्वपूर्ण कामहरू

कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणमा सुधारका महत्वपूर्ण कामहरू

काठमाण्डौ, नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा कुलमान घिसिङको नेतृत्वले प्राधिकरणमा थुप्रै सुधार र विकासका कामहरू ल्याएको छ। उनले पद सम्हालेपछि, विद्युत प्राधिकरणले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्, जसले नेपाली जनताको जीवनस्तरमा सुधार ल्याएको छ। कुलमान घिसिङको कार्यकालमा नेपालले लोडसेडिङबाट मुक्ति पाएको थियो। २०१६ मा उनी कार्यकारी प्रमुख बनेपछि, प्राधिकरणले ठूलो चुनौतीको रूपमा रहेको लोडसेडिङ हटाउन महत्वपूर्ण कदमहरू चाल्दै विद्युत आपूर्तिमा वृद्धि गर्‍यो। यसले नेपाललाई अन्धकारमुक्त बनायो र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो। कुलमान घिसिङको नेतृत्वमा विद्युत आपूर्ति प्रणालीमा सुधार आएको छ। प्राधिकरणले नयाँ जलविद्युत आयोजना सञ्चालनमा ल्याए जसबाट विद्युत आपूर्तिमा वृद्धि भएको छ। साथै, वितरण प्रणालीको सुधार र अपग्रेडेशनका…
Read More
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसँग उपस्थित थिए। उनले नेपालको संविधानको धारा ५३ र सुशासन ऐन, २०६४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका छन्। यस क्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए।
Read More
इजरायलको गाजा पट्टीमा फेरि आक्रमण, ४४ जनाको मृत्यु।

इजरायलको गाजा पट्टीमा फेरि आक्रमण, ४४ जनाको मृत्यु।

बाँके। इजरायलले गाजा पट्टीमा पुन: हवाई आक्रमण सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजा क्षेत्रमा धेरै विस्फोटहरूको आवाज सुनिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई हमलामा कम्तीमा ४४ जना मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, १९ जनवरीको युद्धविरामपछि यी इजरायलीका गाजा विरुद्धका सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमण तब भएको छ , जब दुवै पक्षबीच युद्धविरामलाई अगाडि बढाउने कुरामा वार्ता अलपत्र पर्यो। इजरायल र हमास बीचको १९ जनवरीको युद्धविराम सम्झौतामा कसरी कायम राख्ने भन्नेमा असहमतिका कारण वार्ता असफल भएको छ। अमेरिका र अरब मध्यस्ताहरूले पछिल्ला दुई हप्तामा दुवै पक्षलाई युद्धविराममा सम्झाउन असफल भएका छन्। इजरायली सेनाले भनेको…
Read More
चोकको नाममा विवाद हुँदा चल्यो गोलि ।

चोकको नाममा विवाद हुँदा चल्यो गोलि ।

धनुषा । धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
Read More
प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग टेलिफोनमार्फत कुरा गर्दै इजरायल-हमास युद्धको बीचमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभयो। राष्ट्रपति अल-सिसीले यो विषयमा प्रयास जारी रहेको जानकारी दिएर, इजरायल-हमास बन्दी आदानप्रदान प्रक्रियामा नेपाललाई सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराममा इजिप्टको महत्वपूर्ण भूमिका को सराहना गर्दै, आगामी सगरमाथा संवाद कार्यक्रम २०२५ मा राष्ट्रपति अल-सिसीलाई निमन्त्रणा गर्नुभएको छ। दुवै नेताबीच संयुक्त राष्ट्रसंघमा सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र द्विपक्षीय सम्बन्धको विस्तारको विभिन्न पक्षमा पनि छलफल भएको थियो। यो संवादले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र…
Read More
बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताउनुभएको छ। छैटौं मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताउनुभयो।   अहिलेको राजनीति परिवर्तन विशेषत संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उहाले स्पष्ट गर्नुभयो। त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौमा लाखौं जनता सडकमा उत्रने बताउनुभयो। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताउनुभयो ।   जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी  ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’  अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– उहाँलेले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौं ।’  हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका महान सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको बताउनुभयो। यही बलिदान र बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उहाँले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्ने बताउनुभयो।

बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया बजारबाट बिहीबार आयोजित मोटरसाइकल र्‍यालीमा करिब ५ सय मोटरसाइकल र हजारौं नागरिकहरूको सहभहगिता रहेको छन् । र्‍यालीले गुलरिया नगरक्षेत्रको ७ किलोमिटर दूरीमा परिक्रमा गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि नारा समेत लगाइएको हो। प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणाको विशेष उपस्थितिमा सम्पन्न यस र्‍यालीमा हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । नागरिक अभियन्ता कमलराज पौडेल देवकमलका अनुसार, यो र्‍याली राजसंस्था र हिन्दू राष्ट्रप्रति जनताको चासो र समर्थन बढ्दै गएको संकेत हो। र्‍यालीपश्चात आयोजित कोणसभामा वक्ताहरूले राष्ट्रिय एकता र धार्मिक पहिचान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा राखेका थिए।
Read More
बंगलादेशको अदालतले शेख हसिना र उनको परिवारको सम्पत्ति जफत गर्ने दिइयो आदेश ।

बंगलादेशको अदालतले शेख हसिना र उनको परिवारको सम्पत्ति जफत गर्ने दिइयो आदेश ।

बाँके। बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूको सम्पत्ति जफत गर्न र उनीहरूको १ सय २४ वटा बैंक खाता फ्रीज गर्ने आदेश दिइएको छ। यो आदेश भ्रष्टाचार निवारण आयोग (एसीसी) द्वारा दायर गरिएको याचिकामा अदालतले मंगलबार जारी गरेको हो। अदालतले शेख हसिना र उनको परिवारका सदस्यहरूले अवैध रूपले सम्पत्ति अर्जित गरेको आरोपमा यो आदेश दिएको छ। आदेश अनुसार, शेख हसिनाको ढाकास्थित 'सुदासदन' नामक आवास पनि जफत गरिएको छ, जुन उनका दिवंगत पतिले, परमाणु वैज्ञानिक एमए वाजेद मियाले बनाएको थियो। अदालतले शेख हसिनाका छोरा साजिब वाजेद जॉय, उनकी छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका…
Read More
डिभी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश।

डिभी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश।

काठमाडौं। फागुन २।। ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको संगै जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका छन् । सांसदहरूले  ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। विधेयक पेश गर्नुको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी कार्यक्रमको विरोध गर्दै आएका…
Read More
अभिभावक नभएको  समयमा ताप्लेजुङको एक घरमा आगलागी

अभिभावक नभएको समयमा ताप्लेजुङको एक घरमा आगलागी

ताप्लेजुङमा गए राति एक घर आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ। जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा भएको आगलागीबाट ५ लाख मूल्य बराबरको क्षति भएको हो। ताप्लेजुङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँससहितले बनेको एकतले घरमा आगलागी भएको हो। घरका अभिभावक नभएको र बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ।
Read More