Skip to main content

Khotang Khabar

चोकको नाममा विवाद हुँदा चल्यो गोलि ।

Advertisement

धनुषा ।
धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *