काठमाडौँ । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना गरेको छ । स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए । स्थानीयको गुनासोपछि महानगरको वातावारण विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । अनुगमनमा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको थियो ।…
काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ…
बाँके। लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट)चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरूले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सकहरूले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरू तत्काल सम्बोधन गरिने विश्वास दिलाए । उनले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताए ।
बाँके। म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित घाइतेहरूको उद्धार गर्न नेपाली सेनाले म्यानमारको मन्डले क्षेत्रस्थित यामेथिन शहरमा एक विशेष मेडिकल क्याम्प स्थापना गरेको छ। शुक्रवारबाट सञ्चालनमा आएको यो क्याम्पमा नेपाली सेना अहिले भूकम्प प्रभावित व्यक्तिहरूलाई तत्कालीन स्वास्थ्य उपचार र आवश्यक चिकित्सकीय सेवा प्रदान गर्दै छ। नेपाल सरकारको पहलमा, २२ सदस्यीय नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको हो। यस टोलीमा दक्ष सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरूको समावेश छ। टोलीसँग आवश्यक औषधि, मेडिकल उपकरण र चिकित्सकीय सामग्री पनि पठाइएको छ, जसले भूकम्पका पीडितहरूको उपचार र उद्धार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यो क्याम्प नेपाली सेनाको कूटनीतिक र मानवीय सहयोगको प्रतीक…
बाँके। काठमाडौँ उपत्यकामा वायु प्रदूषण अझै खतरनाक स्तरमा पुगेर स्वास्थ्यका लागि गम्भीर जोखिम निम्त्याइरहेको छ। ताजा तथ्यांकअनुसार, अप्रिल ४, २०२५ बिहान ९:३२ बजेको 'एयर क्वालिटी इन्डेक्स' (एक्यूआई) मापनमा काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ। भारतको राजधानी दिल्ली पहिलो स्थानमा रहेको छ, र चीनको बेइजिङ तेस्रो स्थानमा छ। आईक्यूएयरको विश्व एक्यूआई र्याङ्किङअनुसार, दिल्लीको एक्यूआई ३ सय ९ पुगेको छ भने काठमाडौँको एक्यूआई २ सय ५० रहेको छ। बेइजिङको एक्यूआई १ सय ६१ रहेको छ। यसअघि, काठमाडौँ पहिलो स्थानमा रहेको थियो, तर अब दिल्लीले उछिनेको छ। यद्यपि, काठमाडौँको २ सय ५० एक्यूआई अझै पनि 'अति अस्वस्थ' को श्रेणीमा पर्छ।…
झापा। झापाको गौरिगन्ज आधारभूत अस्पतालले नर्मल डेलिभरी मार्फत जुम्ल्याहा बच्चाको सफल जन्म गराएको छ। अस्पतालका प्रसुती वार्डमा कार्यरत रिता कार्की र एलिजा भुजेलको कड़ी मेहनतमा शुक्रबार गौरिगन्ज वडा नम्बर २ निवासी हेमरम थरकी महिलाले पहिलो पटक नर्मल डेलिभरी मार्फत एक छोरा र एक छोरीको जन्म दिइन्। छोरा १ किलो ५ सय ग्राम र छोरी १ किलो ग्रामको स्वस्थ वजनमा जन्मेका छन्। चिकित्सक र नर्सिङ कर्मचारीले दुवै बच्चा र आमा स्वस्थ रहेको जानकारी दिएका छन्। अस्पतालका कर्मचारी अनुप शर्माले सफल डेलिभरीका लागि प्रसुती वार्डका समर्पित कर्मचारीको प्रयासलाई सराहना गरेका छन्।
बर्दीया। पेनप्लस क्लिनिकले बर्दिया अस्पतालको सेवाग्राही बिरामीलाई पोषण र शैक्षिक सामग्री (किड्स इन्क्लूसन अफ चिल्ड्रन) सहयोग गरेको छ। यस अवसरमा अस्पतालका सेवाग्राहीलाई शैक्षिक सामग्री तथा पोषण सामग्री वितरण गरिएको हो। सहयोग सामाग्रीमा विद्यालय जाने बालबालिकालाई झोला, २ दर्जन कपी र १ डजन पेन उपलब्ध गराइएको छ, साथै किशोर तथा वयस्क बिरामीलाई मासिक रूपमा १ केरेट अण्डा निःशुल्क वितरण गरिएको छ। वर्तमान तथ्यांक अनुसार पेनप्लस क्लिनिकमा दर्ता भएका ८५ जना सिकल सेल रोगी, २४ जना थ्यालेसिमिया रोगी, २ जना कन्गेनेटल हर्ट डिजिज अपरेटेड प्याडियाट्रिक बिरामी र १७ जना इन्सुलिन निर्भर डायबिटिज मेलिटस (टाइप १) बिरामीहरूको नियमित फलोअप सेवा प्रवाह भइरहेको छ।…
बाँके। दिगो विकास लक्ष्य (एसडीजी) अनुसार, सन् २०३० सम्ममा क्षयरोग महामारीलाई समाप्त गर्ने लक्ष्य राखिएको छ, तर नेपाल सरकारले यस महामारीको नियन्त्रणका लागि सन् २०३५ सम्मको लक्ष्य राखेको छ। नेपालमा क्षयरोगीको संख्या तीव्र गतिमा बढिरहेको छ, जसको मुख्य कारण भनेको उपचारको पहुँचमा समस्या र औषधि प्रतिरोधी क्षयरोगको वृद्धि हो। क्षयरोगको बढ्दो चुनौती सन् २०१७ मा वार्षिक ३१ हजार ६४ मात्र क्षयरोगी थिए भने २०२४ सम्म यो संख्या ६८ हजार पुगेको छ। यो संख्या ग्लोबल फन्ड, डब्ल्यूएचओ र अन्य अन्तर्राष्ट्रिय सहयोगका बावजूद तीव्र रूपमा बढेको हो। नेपालमा १ लाख जनसंख्यामा २२९ जनाले क्षयरोग पाउने दरको वृद्धि भएको छ, जुन २०१७…
दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथेल्याब मेसिन…
बाँके। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न अस्पताल तथा पोलिकिनिकहरुको अनुगमन गरेका छन् । बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका हुन् । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि…
