Skip to main content

Khotang Khabar

समाज

हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु।

हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु।

काठमाडौ । तीनकुने क्षेत्रस्थित एक घरमा राजावादीले आगजनी गरेपछि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ। घटनास्थलमा रहेका एभिन्यूजकर्मीका अनुसार, रजकको शव आगो निभाएपछि जलेको अवस्थामा भेटिएको हो। प्रहरी घटनास्थलमा पसेर जाँच र मुचुल्का उठाइरहेको छ। उक्त आगजनीको घटनापछि राजावादी प्रदर्शनले उग्ररूप लिएर विभिन्न स्थानमा आगजनी र ढुंगामुढा भइरहेको थियो। तीनकुने स्थित मार्बल हाउसमा प्रदर्शनपछि झडप भएको थियो। गृह मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत राजावादी आन्दोलनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको जानकारी दिएको छ।
Read More
त्रिभुवन विमानस्थल बाहिर आगजनी, उडान प्रभावित

त्रिभुवन विमानस्थल बाहिर आगजनी, उडान प्रभावित

।काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादी आन्दोलनकारीहरुले आगलागी गर्दा विमानस्थलका उडानहरु प्रभावित भएका छन्। महाप्रबन्धक जगनाथ निरौलाले बताउनुभएको छ कि विमानस्थल भित्र सुरक्षा पुरा भए पनि बाहिर विभिन्न स्थानमा आगलागीका घटनाहरु हुँदा उडान प्रभावित भएको हुन्। निरौलाले भने, "विमानस्थल बाहिर आगलागीका घटनाहरु भएका कारण विमानस्थलमा धुँवा फैलिएको थियो। अहिले धुँवा केही कम भए पनि उडान सहज रूपमा सञ्चालन हुन सकेको छैन।" हाल विमानस्थल प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको, र यात्रुहरुलाई सूचित गराउँदै आएको जानकारी दिनुभयो ।
Read More
राजावादीहरूले गरे अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा।

राजावादीहरूले गरे अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा।

काठमाडौ। शुक्रबार भएको राजावादीहरुको राजतन्त्र पुनर्स्थापनाको प्रदर्शनमा प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीको रोक्न प्रयास गर्दा उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको थियो, जसबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रदर्शनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए। आन्दोलनकारीहरूले अराजकता मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनसान बनेको छ। प्रदर्शनकारीहरू तीनकुनेबाट एयरपोर्टतर्फ र कोटेश्वरतर्फका सडकहरूमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। राजधानीको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।
Read More
पेनप्लस क्लिनिकमार्फत बर्दिया अस्पतालका सेवाग्राहीलाई पोषण र शैक्षिक सामाग्री वितरण।

पेनप्लस क्लिनिकमार्फत बर्दिया अस्पतालका सेवाग्राहीलाई पोषण र शैक्षिक सामाग्री वितरण।

बर्दीया। पेनप्लस क्लिनिकले बर्दिया अस्पतालको सेवाग्राही बिरामीलाई पोषण र शैक्षिक सामग्री (किड्स इन्क्लूसन अफ चिल्ड्रन) सहयोग गरेको छ। यस अवसरमा अस्पतालका सेवाग्राहीलाई शैक्षिक सामग्री तथा पोषण सामग्री वितरण गरिएको हो। सहयोग सामाग्रीमा विद्यालय जाने बालबालिकालाई झोला, २ दर्जन कपी र १ डजन पेन उपलब्ध गराइएको छ, साथै किशोर तथा वयस्क बिरामीलाई मासिक रूपमा १ केरेट अण्डा निःशुल्क वितरण गरिएको छ। वर्तमान तथ्यांक अनुसार पेनप्लस क्लिनिकमा दर्ता भएका ८५ जना सिकल सेल रोगी, २४ जना थ्यालेसिमिया रोगी, २ जना कन्गेनेटल हर्ट डिजिज अपरेटेड प्याडियाट्रिक बिरामी र १७ जना इन्सुलिन निर्भर डायबिटिज मेलिटस (टाइप १) बिरामीहरूको नियमित फलोअप सेवा प्रवाह भइरहेको छ।…
Read More
काठमाडौ महानगरको एसइइ परीक्षा केन्द्रमा विद्यार्थीलाइ घर फर्कन सहयोगको सूचना

काठमाडौ महानगरको एसइइ परीक्षा केन्द्रमा विद्यार्थीलाइ घर फर्कन सहयोगको सूचना

काठमाडौ। काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ। महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ। परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ। सम्पर्क नम्बरहरु: बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६ नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३ टेकुतर्फका…
Read More
नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को रेनु दाहालले गरिन् उद्घाटन।

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को रेनु दाहालले गरिन् उद्घाटन।

  चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबारदेखि सुरु भएको नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१को उद्घाटन गर्नुभएको छ। चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजित भव्य समारोहमा प्रमुख अतिथिको रुपमा रेनु दाहालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीमा औद्योगिक मेशिनरी, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, हस्तकला, मेशिनरी, लघु र मझौला उद्योगका उत्पादनहरूसँगै विभिन्न बैंक, व्यवसायिक परामर्शदाता र निर्यातजन्य उत्पादनका स्टलहरु पनि राखिएका छन्। यस प्रदर्शनीमा करिब सयभन्दा बढी स्टलहरु रहेका छन्। प्रदर्शनीमा स्वदेशी तथा विदेशी अवलोकनकर्ताहरुको सहभागिता देखिने अपेक्षासहित ५० हजारभन्दा बढी मानिसको अवलोकन गर्ने अनुमान गरिएको छ। यसले चितवनका उद्योगहरुको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ।
Read More
लेटाङको कुखुरा फार्ममा आगलागी, १५ लाखको क्षति

लेटाङको कुखुरा फार्ममा आगलागी, १५ लाखको क्षति

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ खैरेनीमा रहेको कुखुरा फार्ममा बुधबार दिउँसो आगलागी भएको छ, जसबाट करिब १५ लाख रुपैयाँको क्षति पुगेको छ। आगलागीबाट फार्म वरपरका १ सय भन्दा बढी सुपारीका बोट र २ वटा लिचीका बोट मरेका छन्। प्रहरीका अनुसार, आगो करिब ३ बजेतिर अचानक लाग्यो र १ घण्टापछि नियन्त्रणमा लिन सकियो। फार्ममा कुखुरा थिएनन् भने नजिकैको अर्को फार्ममा कुखुरा सुरक्षित रहेका थिए। आगलागीका कारण १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट समेत जलेर नष्ट भएको छ। प्रहरीले आगलागीको कारण भने खुलाउन सकेको छैन, यद्यपि विद्युत सर्ट भएर आगो लाग्न सक्ने अनुमान गरिएको छ। इलाका प्रहरी…
Read More

ललितपुरमा प्रेम सम्बन्धको झगडाले लियो ज्यान।

ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल ओचुहाइटमा गएराति एक २५ वर्षीय युवकले ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार, रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले मध्यराति पौने १ बजे खातीलाई शिव मन्दिर नजिक बोलाएर धारिलो हतियारले घाँटीमा प्रहार गरेका थिए। खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ‘रसाइलीले खुकुरीसहित पक्राउ परेका छन्,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘आरोपीले खातीले आफ्नी बहिनीलाई जिस्काएर दुख दिएको कारण हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।’ मृतक खाती र आरोपी रसाइली दुवै रामेछापका बासिन्दा हुन्। प्रहरीका अनुसार, रसाइलीले मध्यराति फोन गरेर खातीलाई…
Read More
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ।

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ।

स्याङ्जा । पुतलीबजार नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सुन्दरले ती बालिकालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। हाल सुन्दरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ।
Read More
उदयपुरमा श्रीमतीको विभत्स हत्या, परपुरुषसँग सम्बन्ध राखेको आरोप।

उदयपुरमा श्रीमतीको विभत्स हत्या, परपुरुषसँग सम्बन्ध राखेको आरोप।

उदयपुर। उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले आफ्नी ३४ वर्षीय श्रीमती सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारी विभत्स हत्या गरेका छन्। राईले श्रीमतीसँगको विवादको क्रममा ‘परपुरुषसँग सम्बन्ध राखेको’ आरोप लगाउँदै यो अमानवीय कृत्य गरेको बताए। घटनापछि, सुभन्द्राको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। राईले प्रहरीको सोधपुछमा भनेका छन् कि उनले श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा गुस्सिएर यो कार्य गर्न पुगेका हुन् । उनले श्रीमतीलाई गाली गरिरहँदा अचानक गुप्ताङ्गमा घोँचो घुसारेका थिए। घटना भएको दिन सुभन्द्रा काममा नगएकी थिइन्, जसको कारण केही स्थानीय व्यक्तिहरूले त्यस बारेमा जानकारी दिएका थिए। राई र सुभन्द्रा दुबै सडक मजदुरी गरेर जीविका…
Read More