Skip to main content

Khotang Khabar

चाडबाड नजिकिएसँगै भारतीय बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

 

बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार  नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्।

झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ

किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै गरेको दशैंको लागि कपडा, श्रृंगारका र अन्य घरायसी सामग्रीहरु नेपाली बजारको तुलनामा भारतीय बजारमा सस्तो पर्छ।

त्यस्तै, अर्का स्थानीय बिनिता उप्रेती पनि नेपालको तुलनामा भारतीय बजारमा सबै सामानहरु सस्तो हुने गरेको बताइन ‘नेपालका बजारमा महँगो छ‚ पैसा नभएको वेलामा थोरै भए पनि बचत होला भनेर सबैजना यहाँ आउँछौँ‚’ उनले भनिन

भारतीय बजार पानी ट्याङ्कीमा दशैँका लागि सँगै नेपाली हरूको

झापाका बजारहरूमा दशैंको चहलपहल खासै देखिँदैन। व्यापारिक केन्द्रहरू बिर्तामोड, धुलाबारी चन्द्रगढी जस्ता बजारहरू सुनसान छन्। तर भारतीय बजारहरूमा चहलपहल बेग्लै छ। भारतीय बजार पानी पानी ट्याङ्की, नक्सल, गलगलिया पुग्दा साँच्चै दशैं आएको आभास हुन्छ। दशैंका लागि लत्ता कपडा र खाद्यान्न किन्नका लागि त्यहाँ पुगेका नेपालीहरूको भिड देखिन्छ। भारतीय बजारका व्यापारीहरुले पनि नेपाली उपभोक्तालाई उत्साहपूर्वक प्रतीक्षा गरेको देखिन्छ। भारतीय व्यापारी सुनिल अग्रहरीले अरु समयभन्दा चाड पर्व नजिकिएसँगै भीडभाड बढेको बताउँछन्।

नेपाल-भारत सीमा क्षेत्रमा रहेको भारतीय बजार पानी ट्याङ्कीमा नेपाली चाड पर्व दसैं तिहारलाई ध्यानमा राख्दै व्यापारीहरुले विशेष छुट र आकर्षक अफरहरु ल्याएका छन्। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली उपभोक्ताले यसलाई अवसरका रुपमा लिएका छन्।

झापा मोरङ सुनसरी इलाम पाँचथर लगायत जिल्लाबाट पनि चाडबाडको बेला सामान लिन यहाँ आउने गर्छन्।

दसैं तिहार पर्व नजिकिएसँगै नेपाली उपभोक्ताहरुको भारतीय बजारप्रतिको आकर्षण र सीमा क्षेत्रमा देखिएको चहलपहलले चाडबाडको रौनक अझ बढाएको छ। यता नेपाली बजारमा भने  सोचेअनुरुप व्यापार नभएको व्यापारीहरु बताउँछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...