Skip to main content

Khotang Khabar

आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

 

बिर्तामोड। असोज २।। आजबाट सोह्र श्राद्ध  सुरु भएको छ । बुधबार आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैँन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन् । यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...