Skip to main content

Khotang Khabar

बिर्तामोडमा रात्रिकालिक होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

 

बिर्तामोड, ३१ भदौ : बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाईने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंगछलफल गरेको हो ।

बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको मर्मत तथा आवश्यकता अनुसार थप जडान गर्ने विषयमा बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग उद्योग बाणिज्य संघको आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालयले अगुवाई गर्ने, बिर्तामोडमा रहेका अन्य व्यापार व्यवसाय विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन गर्न उद्योग बाणिज्य संघ मार्फत् व्यवसायीहरुलाई अनुरोध गर्ने, आपराधिक गतिविधि न्यूनीकरण र शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सुरक्षा योजना बनाई लागु गर्ने पनि निर्णय गरेको छ ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड र मेची यातायात व्यवस्था कार्यालय, बिर्तामोडले ट्राफिक व्यवस्थापनको कार्ययोजना तयार गरी नगरपालिकामा पेश गर्ने र निर्णयहरु कार्यान्वयनमा सबै राजनितिक दल तथा संघ संस्थाले आ-आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने निर्णय गरेको छ ।

बैठकमा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा नम्बर १ का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ,नेकपा एमालेका क्षेत्र नम्बर २ संयोजक बद्री भट्टराई, नेकपा माओबादी केन्द्रका बिर्तामोड अध्यक्ष मोहन सुव्वा, राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेल, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्ट, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, औषधी व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, होटल व्यवसायी संघ झापाका अध्यक्ष ईन्दिरा श्रेष्ठ, उपभोक्ता जागरण अभियानका विशाल थापा लगायतको सहभागिता रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...