Skip to main content

Khotang Khabar

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

 

बिर्तामोड भाद्र ५।। झापाको शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् ।कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डढेल्नोमा तीनवटा सुम्ला छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनले आफू विद्यार्थीको उपचार भइरहेको बिर्तासिटी अस्पतालतर्फ गइरहेको बताए ।

बुधवार कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले क्लास वर्कका लागि सबै विद्यार्थीलाई अह्राए । अञ्जली त्यत्तिकै बसेकी थिइन् । शिक्षक निरौलाले अञ्जलीलाई सोधे, ‘तिमी क्लास वर्क गर्दैनौ ?’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्, ‘आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ‘ड्याम कि ड्याम’ हिर्काएको अन्य विद्यार्थीहरूले बताएका छन् । जसबाट अञ्जलीको डढेल्नोमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अञ्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि अस्पताल पुर्‍याएको थियो। विद्यालयका प्रधानाध्यापक भवानी थापाले शिक्षक निरौलाले गम्भीर त्रुटि गरेको स्वीकारे । उनले भने, ‘अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ । घाइतेको अवस्था सामान्य भए पनि उनी हामीसँग पनि बोलिरहेकी छैनन् । यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ।’

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले जानकारी दिएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...