Skip to main content

Khotang Khabar

गोलाखर्क राजदुवाली सडक खण्डमा वैकल्पिक सडक निर्माण हुने

 

इलाम, भदौ ५ ।। करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माइखोला राजदुवाली माथिको सडक खण्डको वैकल्पिक सडक निर्माण हुने भएको छ ।

इलाम नगरपालिका–१० गोदकको सिमल गोलाई देखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग बन्ने भएको हो । यो सडकका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ ।

हरेक वर्ष वर्षायाम सुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढङ्गले सञ्चालन हुने गरेका थिए । पछिल्लो पटक सडक हिलाम्य भएपछि पुनः निरिक्षणमा पुग्नु भएका सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले यो सडक खण्डमा करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

‘यहाँ भएका अध्यनहरुमा पनि भौगर्भिक अवस्थाकै कारण सडक धस्किरहेको छ । अब यसलाई हिलो फ्याँकेर, ग्राभेल हालेर सडक सुचारु गराउनको खास विकल्प छैन ।’’ बरालले भन्नुभयो, ‘‘वैकल्पिक मार्ग बनाउने कुरा आएको छ । ’’

करिब पाँच वर्षअघि भौगर्भिक अध्ययन टोलीले पनि राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । काठमाडाैँस्थित इटलीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो ।

माइखोलादेखि माथि करिब तीन सय मिटरको भू–भागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र  कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो ।

सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको  एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, अहिले त्यो पनि भास्सिएर काम नलाग्ने भएको छ ।  यहाँको जमिन दिनदिनै धस्सिएकाले राजमार्ग बन्द हुने अवस्था छ । वर्षा यामको यो बेला पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ सम्म आवत–जावत गर्ने मालवाहक र यात्रुवाहक सवारीहरू जोखिम मोलेर यहाँको सडक पार गरिरहेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...