८ कार्तिक खोटाङ । दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ । यसअघि गएको सोमबार सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउ तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा २३० रुपैयाँले घटेको छ । गएको सोमबार तोलाको ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
1
+1
+1
1



