Skip to main content

Khotang Khabar

लिपुलेक–लिम्पियाधुरा प्रश्नमा बर्दियाका क्रान्तिकारी दलहरूको संयुक्त आवाज

बर्दिया–

दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् ।

भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् ।

बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)का उपाध्यक्ष एवं प्रचार प्रसार विभागका प्रमुख प्रताप कुमार गौतम, कान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सेक्रेटरी विनय राना नेकपाका सेक्रेटरी टिकाराम “सी” र नेकपाका सेक्रेटरी केशर सिंह लावडको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा जिल्लाका क्रियाशिल क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको सो सहमति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरुको तर्फबाट जोडदार विरोध गर्दछौं साथै तत्काल यसको खारेजीको लागि नेपाल सरकार सँग कुटनितिक पहल गर्न माग गर्दछौं ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...