Skip to main content

Khotang Khabar

भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धको अवस्था शुरु भएपछि साउदी अरबले यसलाई रोक्न कुटनीतिक फल शुरु गरेको छ ।

साउदी अरेबियाले शनिबार बिहान भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयास गरिरहेको बताएको हो । साउदी अरेबियाले कूटनीतिक माध्यम र वार्ता मार्फत दुई देशबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्न आह्वान समेत गरेको छ ।

साउदी अरेबियाको विदेश मन्त्रालयले शनिबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै मन्त्री अल-जुबैरले साउदी नेतृत्वको निर्देशनमा मे ८ र ९ मा भारत र पाकिस्तानको भ्रमण गरेको र यो भ्रमण भारत र पाकिस्तान बीचको तनाव कम गर्न र दुई देशलाई वार्तामा संलग्न हुन प्रोत्साहित गर्न साउदी अरेबियाको प्रयासको एक हिस्सा भएको उल्लेख गरेको छ ।

साउदी अरेबियाका मन्त्री अल-जुबैर मे ८ मा अघोषित भ्रमणमा भारत आएका थिए । यस क्रममा उनले विदेशमन्त्री एस जयशंकरलाई भेटे र पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा आतंकवादी पूर्वाधारमा भारतको सैन्य आक्रमणपछि उत्पन्न भएको वर्तमान अवस्थाबारे छलफल गरेका थिए । भोलिपल्ट, उनी पाकिस्तान गए, जहाँ उनले शीर्ष पाकिस्तानी नेतृत्वसँग वार्ता गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...