Skip to main content

Khotang Khabar

बिहीबार राति पाकिस्तानले ३००-४०० ड्रोनबाट आक्रमण गर्‍यो- भारत

काठमाडौँ । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् ।

कुरेशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।’

कर्नेल सोफियाले भनिन्, ‘लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन गर्नु थियो । ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको संकेत गर्छ ।’

उनले भनिन्- ‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ ।’

यद्यपि, कर्नेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिएनन् ।

यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले भने भारतलाई गरेको आक्रमणको अस्वीकार गरेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...