Skip to main content

Khotang Khabar

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् ।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे यस सदनलाई जानकारी गराउनको लागि सरकारलाई रुलिङ् होस भनि सभामुख समक्ष अनुरोध गर्दछु ।’

यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलासययुक्त बुढि गण्डकि जलविद्युत परियोजना यही आर्थिक वर्षदेखि निर्माण सुरु गरियोस् भनि सरकारसँग माग पनि गरेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...