Skip to main content

Khotang Khabar

नेपालको ‘आतंकवादका विरुद्धको अडान’ को रास्वपाद्वारा स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवादले कसैको पनि हित नगर्ने बताएका हुन् ।

उनले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान  विच  तनावको अवस्था देखिएको उल्लेख गर्दै आफ्नो छिमेकि मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्ने बताएका छन् ।

उनले भने- परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भएपनि , हिजो साँझ व्यक्तव्य मार्फत सार्वजनिक गरेको “आतंकवादका  विरुद्धको अडान” को स्वागत गर्दे, भारत-पाकिस्तान वीच “युद्व” को स्थिति बन्न गएमा  नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तान मा रहेका नेपाली हरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी  योजना निर्माण गर्न माग गर्दछु ।’

त्यस्तै उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको जानकारी दिदै तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै, उनले संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिंङको माग गरेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...