Skip to main content

Khotang Khabar

साढे ११ किलो चरेससहित बारा एक जना पक्राउ।

बारा ।
जिल्ला प्रहरी बाराले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थित मोटरसाइकल चेक जाँच गर्दा ११.६८ किलो चरेस बरामद भएको हो।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले विशेष सूचनाको आधारमा हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको थियो। उक्त मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका वडा ६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी बाराले जनाएको छ। बरामद भएको चरेसको तौल प्लास्टिक सहित ११.६८ किलो रहेको पुष्टि गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...