Skip to main content

Khotang Khabar

नेपाल राष्ट्र बैंकको सहकारी संस्थाका लागि नयाँ निर्देशन, बैंक जस्तै नोक्सानी व्यवस्थापन गर्नुपर्ने ।

बाँके।
नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड जारी गरेको छ। जसको उद्देश्य सहकारी संस्थाहरूलाई पनि बैंकिङ क्षेत्रका नियमहरूको पालनामा ल्याउनु हो। यस अनुसार, सहकारीहरूले अब बैंकहरूको जस्तै वित्तीय मापदण्ड र सञ्चालनका आधारमा काम गर्नुपर्नेछ।

नयाँ निर्देशनका अनुसार, सहकारी संस्थाले जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्नेछ। २५ करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरूले न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्नुपर्नेछ। यदि निर्देशन लागू भएको तीन महिनामा पुँजी अनुपात पूरा गर्न सकिएन भने, २०८३ असार मसान्तसम्म सहकारीहरूले कार्ययोजना पेस गर्नुपर्नेछ।

सहकारी संस्थाले अब कुल निक्षेपको ९० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउनेछन् र कर्जा वर्गीकरण गरेर शतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्नेछ। सक्रिय ऋणमा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्थापन गर्नु अनिवार्य हुनेछ भने निष्क्रिय ऋणमा १ प्रतिशतदेखि शतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्नेछ।

सहकारीहरूले सदस्यको प्राथमिक पुँजीको १५ प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न पाउने छैनन्, र बचतकर्ताले पनि सोको पाँच गुणा वा ५ लाखभन्दा बढी ऋण प्राप्त गर्न सक्ने छैनन्। यसका अतिरिक्त, सहकारी संस्थाहरूले आफ्नो कार्यक्षेत्रअनुसार निक्षेप संकलनको सीमा पनि तोकिएको छ। एक जिल्ला कार्यक्षेत्र भएका सहकारीले १० लाखसम्मको निक्षेप संकलन गर्न सक्नेछन् भने एक प्रदेशभन्दा बढीको हकमा ५० लाखसम्म मात्रै संकलन गर्न सक्नेछन्।

यी निर्देशनले सहकारी संस्थाहरूलाई वित्तीय अनियमितता र कर्जा असुलीमा सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, सहकारी संस्थाले विगत तीन वर्षदेखि मुनाफा कमाइरहेका, नोक्सानी नभएका, र न्यूनतम पुँजीकोष कायम राखेका अवस्थामा कार्यालय प्रयोजनको लागि जग्गा/भवन खरिद गर्न सक्नेछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...