Skip to main content

Khotang Khabar

बिमस्टेक शिखर सम्मेलन सुरु।

बाँके।

थाइल्यान्डमा बङ्गालको खाडीका लागि बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यको लागि स्थापित बिमस्टेकको छैटौं शिखर सम्मेलन सुरु भएको छ। बैङ्ककको साड्ग्रिल होटलमा सम्मेलनको आरम्भ सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सामूहिक फोटो सेसन र कार्यसूची तय गर्ने कार्यक्रमसँगै भएको हो। यस अवसरमा आयोजक देश थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले सबै प्रतिनिधिमण्डलका नेताहरुलाई स्वागत गरे। सम्मेलनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै सदस्य राष्ट्रका प्रमुखहरू सम्बोधन गर्नेछन्। शिखर सम्मेलनको पहिलो दिन ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पछि थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रतिनिधिमण्डलका नेता सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...