Skip to main content

Khotang Khabar

इन्सपेक्टर हुँ भन्दै होटल सञ्चालकलाई धम्क्याएपछी युवक पक्राउ ।

सर्लाही।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० स्थित सहारा गेस्ट हाउसका सञ्चालकलाई धम्क्याएको आरोपमा प्रहरीले हरिवन नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुक्रम खरेललाई पक्राउ गरेको छ।

बुधबार बेलुका ७ बजे, खरेलले आफू नेपाल प्रहरीको ब्युरोको इन्सपेक्टर हुँ भन्दै होटल सञ्चालकलाई धम्क्याएका थिए। उक्त घटनाबारे जानकारी पाएपछि प्रहरीले खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

खरेलको शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्पास्मो ३ पत्ता (१ पत्तामा ८ वटा) २४ वटा ट्याबलेट फेला परेको प्रहरीले जानकारी दिएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ र खरेललाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले खरेलमाथि आपराधिक धम्की र लागुऔषधसहितको मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...