Skip to main content

Khotang Khabar

`नेपालको महिला आन्दोलन विश्वका लागि प्रेरणाको स्रोत´ प्रचण्ड ।

बाँके।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलनलाई नेपाल मात्र नभई विश्व राजनीतिमा पनि प्रेरणाको स्रोत भएको बताएका छन्।

अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले यसो भनेका हुन्। उनले जनयुद्धको समय महिला सहभागिता सुनिश्चित गर्नको लागि विशेष ध्यान दिइएको र त्यसका कारण क्रान्तिमा महिला नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले भने, “नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ।” उनले जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला सैनिक रहेको र महिला कमाण्डरहरुले नेतृत्व गरेका सबै लडाइँ जितिएका तथ्यलाई स्मरण गरे।

महिलाको सहभागिता र नेतृत्वले नेपाली राजनीतिको परिवर्तन सम्भव बनाएको प्रचण्डको भनाइ थियो। उनले थपे, “महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन।”

उक्त सम्मेलनमा प्रचण्डले पछिल्ला केही वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धमा कमजोरी आएको स्वीकार गर्दै सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरिएको बताएका थिए। उनले भने, “यस अभियानले दलाल बिचौलियाहरु आतंकित र चिन्तित भएका छन्।”

प्रचण्डले माओवादी सरकारको पतनको कारण दलाल र बिचौलियाहरु भएको आरोप लगाउँदै सरकारको गलत नीतिहरूको विरोध गरेका छन्। उनले अब आगामी निर्वाचनमा पार्टीले आफ्नै एजेण्डा अघि बढाउने र सहकार्य नगरी एक्लै चुनाव लड्ने सङ्कल्प व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी पनि दिएका छन्। यस अभियानको प्रारम्भ लुम्बिनीबाट गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...