Skip to main content

Khotang Khabar

इलाममा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ।

इलाम।
ईलाम जिल्लामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम नगरपालिका वडा नम्बर ४, बरबोटेका २२ वर्षीय दिपेश नेपाली र चुलाचुली गाउँपालिका वडा नम्बर ६, तोरीबारीका ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।

दिपेश नेपालीले एक महिलालाई प्रलोभनमा पारेर, डरत्रास देखाएर पटक-पटक जबरजस्ती करणी गरेको घटनाको अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोष्ट बर्बोटेबाट खटिएको टोलीले उनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, यमबहादुर विश्वकर्माले एक महिलालाई पसलमा धम्की दिई जबरजस्ती करणी गरेको खुलासा भएको छ। उनलाई प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई पनि जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको छ। दुबै घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...