Skip to main content

Khotang Khabar

गुजरात टाइटन्सको शानदार जित, मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो।

बाँके।

गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सलाई ३६ रनले हराउँदै आफ्नो दोस्रो जित निकालेको छ। नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको यस खेलमा मुम्बई इण्डियन्सले १ सय ९७ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ६ विकेट गुमाएर केवल १ सय ६० रन मात्र बनायो।

मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४८ रन बनाए, जसमा ४ छक्का र १ चौका समावेश थियो। सूर्यकुमार र तिलक वर्मा बीच ६१ रनको साझेदारी बन्यो। तिलकले ३६ बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाएका थिए। मुम्बईका अन्य प्रमुख ब्याट्सम्यानहरू, कप्तान हार्दिक पाण्ड्या (१७ बलमा ११ रन), रोहित शर्मा (४ बलमा ८ रन), र रायन रिकल्टन (९ बलमा ६ रन) सस्तोमा आउट भए।

गुजरातका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान २ विकेट लिएका भने, साइ किशोर र कागिसो रबडाले समान १ विकेट लिए।

यसअघि, गुजरात टाइटन्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो। साई सुदर्शनले लगातार दोस्रो खेलमा अर्धशतक बनाए, उनले ४१ बलमा ६३ रन बनाए। सुदर्शन र कप्तान शुभमन गिल बीच पहिलो विकेटका लागि ७८ रनको साझेदारी भयो। गिलले २७ बलमा ३८ रन बनाए। जोस बटलरले २४ बलमा ३९ रन जोडे। मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिए भने, सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १-१ विकेट लिए।

गुजरात टाइटन्सको यो दोस्रो जित हो भने मुम्बई इण्डियन्सको यो लगातार दोस्रो हार हो। मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेलेको सबै ४ खेलमा हार बेहोरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...