Skip to main content

Khotang Khabar

समाजवादी मोर्चाले गर्यो हिंसात्मक घटना, तोडफोड र आगजनीको निन्दा

काठमाडौं।
समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा आयोजित वृहत् जनसभालाई ५० हजारभन्दा बढी जनताको उत्साहपूर्ण सहभागितामा भव्य रूपमा सम्पन्न गरेको छ। गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित यो जनसभामा जनताको सक्रिय र शालीन सहभागिताप्रति मोर्चाले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। मोर्चाले विशाल जनसमर्थनबाट आत्तिएका पुनरुत्थानवादी र प्रतिगामी तत्वहरूले जनसभापछि अराजकता मच्चाउँदै विभिन्न स्थानमा तोडफोड र आगजनी गरेको टिप्पणी समेत गरेको छ । समाजवादी मोर्चा नेपालले जारी गरेको प्रेस वक्तव्यम अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला कार्यालय र अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवासमा तोडफोड र आगजनी भएको दुख व्यक्त गर्दै अनुसन्धानको माग गरेको छ । यस्तै, कान्तिपुर र अन्नपूर्ण पोस्ट जस्ता सञ्चार गृहहरूमा समेत आक्रमण भएको मोर्चाले न्यायको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।यी हिंसात्मक र अराजक गतिविधिको समाजवादी मोर्चा नेपालले घोर भर्त्सना र निन्दा गरेको गर्दै यस्ता अपराधिक कार्यमा संलग्न तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, राजनीतिक दलका कार्यालय र नागरिकको जनधनको सुरक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ। घटनाले मुलुकको राजनीतिक स्थायित्व र शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जिकिर गर्दै सरकारले यसबारे तत्काल कस्तो कदम चाल्छ भन्ने विषयलाई आम जनताले चासोका साथ हेरिरहेका बताइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...