Skip to main content

Khotang Khabar

नागढंगा सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर निर्माण ।

बाँके।
संघीय राजधानी काठमाडौंमा सार्वजनिक सवारी साधनहरूको आवागमनलाई सहज बनाउने उद्देश्यले नागढंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। यो सुरुङमार्गको निर्माणले नागढुंगा–थानकोट सडकखण्डमा हुने जामको समस्या समाधान गर्ने लक्ष्य राखेको छ।

हालसम्म सुरुङमार्गको आपतकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसकेको छ, तर स्थानिय बासिन्दाहरूले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेको अवस्थामा छन्।

यो परियोजनामा तीन ओटा अन्डरपास, चार ओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर निर्माणाधीन छन्। बलम्बु क्षेत्रको फ्लाइओभर निर्माणको काम तीव्र गतिमा भइरहेको छ। साथै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान र अक्सिजन पाइप जडानका कामहरू पनि जारी छन्।

नागढंगा सिस्नेखोला सुरुङमार्गको निर्माणका लागि २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा-आन्दो र सरकार बीच सहमति भएको थियो। यद्यपि, धादिङतर्फको जग्गा समस्या, स्थानिय अवरोध र कोरोना महामारीले निर्माण कार्यमा ढिलाइ ल्याएको बताइएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...