Skip to main content

Khotang Khabar

वैदेशिक रोजगारीका श्रमिकहरूको समस्या समाधान गर्न आवश्यक।

बाँके।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले श्रमिकहरूको अधिकार र सुविधाको उल्लंघन भइरहँदा सरकारले बेवास्ता गर्दै आएको आरोप समेत लगाएका हुन् ।

अर्यालले युएई र मलेसियाका सेक्युरिटी कम्पनीहरूमा कार्यरत श्रमिकहरूको गुनासो सुनाउँदै भने, “सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो आएको छ। म्यानपावर कम्पनीहरूले मोटो रकम असुलेर भनेजस्तो काम नदिने र गुनासो गरेपछि धम्क्याउने गरेको पाइन्छ।” उनले श्रमिकहरूको पीडा बुझ्न नसकेको र उनीहरूको हकमा उचित व्यवस्था नतोकिएको भन्दै सरकारसँग हस्तक्षेपको माग गरेका छन्।

अर्यालले श्रमिकहरूको कठिनाइलाई सम्बोधन गर्न र म्यानपावर कम्पनीहरूको अनियमितता रोक्न श्रम मन्त्रालयको ध्यान आकर्षित गराउनु पर्ने बताए । यसै गरी, उनले आगामी वर्षातको समयमा बाढीका जोखिमलाई मध्यनजर गर्दै तटबन्धको व्यवस्थापनका लागि सरकारसँग माग गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...