Skip to main content

Khotang Khabar

`सरकारले वेश्यालय खोल्न लागेको हो?´सांसद दीपक

काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारको यौन व्यवसायलाई अनुमति दिने निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पर्यटक भित्र्याउने उद्देश्यमा सरकार वेश्यालय सञ्चालन गर्न लागेको भन्ने प्रश्न उठाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आइतबार यौन व्यवसाय र गाँजा खेतीलाई खुलेर स्वीकार गरि पर्यटन भित्र्याउनु पर्ने कुरामा जोड दिएका थिए।

यसै विषयमा आपत्ति जनाउँदै सिंहले भने, “देशको आर्थिक विकासका लागि ज्यादा खर्च गर्ने पर्यटक ल्याउन यौन पर्मिट लाइसेन्स ल्याउनुपर्ने भन्ने कुरा एउटा जिम्मेवार सरकारको सदस्यले भनेका छन्। यस्तो व्यवसाय, वेश्यालय, कोठी चलाउने काम सरकारले नै गर्ने त होइन?” सिंहले नेपाललाई देव भूमि भन्दै यस्ता व्यवसाय सञ्चालन गर्ने उद्देश्यले गणतन्त्र ल्याएको हो कि भनेर प्रश्न समेत गरेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...