Skip to main content

Khotang Khabar

अर्जुनधारा फाइनलमा प्रवेश उपाधिका लागि कनकाइसँग खेल्ने

 

बिर्तामोड, ३ फागुन : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ ।

अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेकी हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।

खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पुरस्कारस्वरुप नगद ५ हजार प्रदान गरे ।

अर्जुनधारा र कनकाई नगरपालिकाबीच फागुन ५ फाइनल खेल हुनेछ । विजेता टोलीले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...