Skip to main content

Khotang Khabar

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : बिर्तामोड र भद्रपुर सेमिफाइनलमा

 

बुद्धशान्ति , माघ १५।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमी फाइनलमा प्रबेश गरेका छन् ।

आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो।
बिर्तामोड लाई बिजय दिलाउन महत्त्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका बिजय कार्की खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिका लाई ५२ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिका सामु २३४ रनको ठूलो योगफल प्रस्तुत गरेको थियो।भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाए तापनि २३३ रनको विशाल रन बनाउन अङ्कित सुवेदीले आफ्नो सतक बनाउन एक रनले चुके पनि ९९ रनको पारी खेलेका थिए । २३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो। भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेट समेत लिएका अङ्कित सुवेदी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यसैगरी भोलिको पहिलो खेल अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिडने छन् भने दिनको दोश्रो खेल चौथो क्वाटरफाइनलमा कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...