Skip to main content

Khotang Khabar

बर्खा स्मृति पुरुष क्रिकेटको उद्घाटन खेलमा भद्रपुरको शानदार सुरूवात

बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका  क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो ।
दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।
भद्रपुरका प्रवेश कामतीले २ ओभर बलिङ गर्दै ९ रन दिएर २ विकेट लिए ।

त्यस्तै, जवाफी ब्याटिङ गरेको भद्रपुरले ४ दशमलव ४ ओभरमा बिनाविकेटको क्षतिमा ७५ रनको लक्ष्य प्राप्त गरेको थियो । भद्रपुरका लागि निखिल पौडेलले १९ बलको सामना गर्दै विष्फोटक ५४ रन बनाएका थिए ।
उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भद्रपुरका पौडेल खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा जारी प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको आयोजक बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

प्रतिष्ठानका अध्यक्ष प्रसाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता र उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यतामा भएको थियो ।
गाउँपालिका अध्यक्ष प्रसाईंको ब्याटिङ र उपाध्यक्ष खतिवडाको बलिङमार्फत प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा आयोजक प्रतिष्ठानका सचिव मदन मगरले स्वागत गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...