Skip to main content

Khotang Khabar

विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

 

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुगेको छ ।

एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ ।

एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याएको हुनसक्ने जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धूवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...