Skip to main content

Khotang Khabar

सामुहिक बलात्कारको घटनामा संग्लग्न भएका आरोपमा तीन जना पक्राउ

 

बिर्तामोड पुस ११।।  मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २२ वर्षीया महिलाको बलात्कार भएको खुलासा भएको छ ।

सांकेतिक नाम (०८१ बिराटनगर ६३) दुबै हात खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्धचेत अवस्थामा रहेको भनि स्थानीयबाट खबर प्राप्त हुने बित्तकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली जाँदा उक्त स्थानमा निज अर्ध बेहोस  अवस्थामा प्रहरी उद्धार गरी बिराटनगरस्थित कोशी अस्पताल लागेको थियो ।

सोहि घटना संग्लन भएको आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरी सार्वजनिक गरिएको मोरङ प्रहरीका प्रवक्ता तथा डीएपी बेदप्रकाश जोशीले जानकारी दिए।

निज (०८१ बिराटनगर ६३) जहदा गाउँपालिका-३ स्थित घर पछाडी रहेको जुडी खोलामा शौच गर्न गएको बेला तीन जना मानिस आई एक जनाले पछाडीबाट मुख छोपी हामीसँग जाँउ भनि सिटी सफारीमा घरबाट अन्दाजी तीन किलोमिटर पुरा बाँसघारीमा जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीका प्रवक्ता तथा डीएपी जोशीले बताए।

जबर्जस्ती करणी गरेपछि कालो सारीको कपडाले हात र खुट्टा बाँधी मुखमा समेत कपडा कोची छाडी फरार भएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका उनीहरुलाई शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...