Skip to main content

Khotang Khabar

सुदुरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

 

बिर्तामोड पुस ६ ।। नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले हराउँदै जित हात पारेको हो।

१८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको  जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए।   कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए।  हर्ष थाकर ३० र मयन यादव २ रनमा  अविजित रहे।   जनकपुरले पावरप्लेमा जनकपुरले विना विकेट ७१ रन बनाएको थियो।

सुदूरका लागि  कप्तान दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले शानदार सुरुआत गरे। उनीहरूले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय पारी खेले। उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए। साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले।

सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...