Skip to main content

Khotang Khabar

प्रथम बुद्धशान्ति वडास्तरिय क्रीकेटको उपाधी वडा नम्बर १ लाई

 

शान्तिनगर
प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचालेको छ ।

आज भएको उपाधी भिडन्तमा वडा नम्बर ३ लाई ८ विकेटले पराजित गर्दै १ ले उपाधी उचालेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। मध्यम लक्ष्य पाएको वाड नम्बर १ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो ।
उपाधी उचाले सङ्गै विजेता वाड नम्बर १ ले नगद २० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र र उपबिजेतामा सिमित वाड नम्बर ३ ले नगद १० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गोकुल पौडेलले जानकारी दिए ।

यता फाइनल खेलको म्यान अफ द म्याच साथै प्रतियोगिताकै उत्कृष्ट ब्याटस्मेन वाड नम्बर १ का पारस निरौला नगद ५ हजार रुपैयाँ सहित सम्मानित भए त्यस्तै प्रतियोगिकै उत्कृष्ट खेलाडी बुद्धशान्ति -३ का आदिहाङ फागोले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।
त्यस्तै उदयमान खेलाडी बुद्धशान्ति -३ का दिपाङ्कर चौधरी ,क्याच अफ द टुर्नामेन्ट साजन गदाइली ,उत्कृष्ट किपर अर्पन कार्की जनही नगद २ हजार रुपैयाँ सहित सम्मानित भए । उत्कृष्ट बलर वडा नम्बर १ का नमन राउत नगद ३ हजार रुपैयाँ सहित सम्मानित भए भने फेयर प्ले अवार्ड बुद्धशान्ति -५ ले प्राप्त गर्‍यो ।

खेलाडी उत्पादन ,प्रोत्साहन र पालिका स्तरीय खेलाडी छनौटको उदेश्य राखी प्रतियोगिता आयोजना गरिएको आयोजक वडा नम्बर ३ खेलकुद विकास समितिका संयोजक बिनोद नेङ्बाङले जनाए । प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाको प्रायोजन तथा गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा मङ्सिर १३ देखि १५ सम्म संचालन भएको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

‘पीडासँगै हिँडेका पाइलाहरू’मार्फत भोटेकोशी बाढीपीडितको साथमा दिक्तेल इङ्लिस

२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर...
काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...