Skip to main content

Khotang Khabar

चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जित्यो

 

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको उपाधि मेचीनगरले कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए ।

गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।  उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार पाँए ।

मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर बन्दा, मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए । मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर बन्दा, मेचीनगरका टिम कोच सचिन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफि पुरस्कार पाए ।

फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।

विजेता, उपविजेता र विधागत पुरस्कार पाउँने खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका मेयर मेगाहाङ थोप्रा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा १ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक डुण्डीराज गौतम लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको चौंथो खुदुनाबारी गोल्डकपको समापन समारोहमा खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि योग्दान गर्नुहुने व्यत्तिहरु मदन बिक्रम नेम्वाङ, कर्मेन्द्र बिक्रम नेम्वाङ, राजेन्द्र बहादुर गौतम,  गोबिन्दराज काफ्ले र युवराज महतलाई सम्मान गरिएको थियो ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...