Skip to main content

Khotang Khabar

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

 

बिर्तामोड कार्तिक ८ ।।  साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा   ६ – ० गोल अन्तरले विजयी हुँदै नेपाल  समूह विजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ

दशरथ रङ्गशालामा आजसाँझ  भएको खेलमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे ।

योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि  अर्को समूहको उपविजेता भारतरसँग खेल्नेछ भने डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र  भुटानले फाइनल प्रवेशका लागि खेल्ने छन।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...
साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्...