Skip to main content

Khotang Khabar

केर्खामा बसको ठक्करबाट दुईजनाको मृत्यु, घटनास्थल तनावग्रस्त

 

केर्खा कार्तिक ७।।  झापाको केर्खामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्।

काकरभिटाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। नातिनीको बर्थडे र बर्थडेको केक लिएर नातिनी हजुरबुवा घर फर्किँदै गर्दा उनीहरू सवार इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिएको थियो। ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको छ भने प्रहरी बिटमा पनि आगजनी गरिएको छ

आक्रोशित भीडले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

काठमाडौं, उदयपुर र सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष शिविर सञ्चालन गर्दै दिप्रुङ चुइचुम्मा

२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुर...
समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

समता स्कुलका विद्यार्थीको मानवीय पहल, भोटेकोशी बाढीपीडितलाई १३ हजार ७३५ रुपैयाँ सहयोग

२४ भदौ, । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित समता स्कुलका विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो खाजा खर्...
खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

खोटाङमा विकास आयोजनाको वार्षिक समीक्षा, आगामी वर्षका योजना प्रभावकारी बनाउने तयारी

२४ भदौ । खोटाङमा गत आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विकास आयोजना तथा कार्यक्रमको वार्षिक समीक्षा सुरु भएको छ । गत वर्षका योजन...
साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्...