Skip to main content

Khotang Khabar

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोशित भीडद्वारा बसमा तोडफोड तथा आग्जनी

 

बिर्तामोड कार्तिक ३।। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ -०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ मोटरसाइकल चालक को घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुङ राईको रहेको  भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले सो साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।
प्रहरीले मृतकको कानुनी मुचुल्का उठाउने कार्य गरिरहेको साथैं घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
दुर्घटना पछि आक्रोसित समूहले बसका चालकले लार्पावाही गर्दा मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

साकेलामा असोज २० गतेदेखि अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२४ भदौ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा अन्तरपालिका वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘न्...
खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

खोटाङमा बाल स्वास्थ्य प्रवद्र्धनका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न

भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्द...
रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...