Skip to main content

Khotang Khabar

लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

 

बिर्तामोड ।।   झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको  विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नगर सचिव सुरेन्द्र खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, कञ्चन अंग्रेजी माविका प्रधानाध्यापक दीपक चम्लागाँई, लेखक तथा पत्रकार तीर्थराज सिग्देल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, सञ्चारकर्मी, विभिन्न टोल विकाश संस्थाका अध्यक्ष तथा पदाधिकारी लगायतको आतिथ्यता रहकोे थियो ।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...