काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको…
काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्यालीको आयोजना गरेका हुन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए ।सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने प्रतिक्रिया दिएकी छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले स्थगित भएको एकता प्रक्रिया छिट्टै टुंगाउने बताएकी हुन् । उनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको व्यवस्तताको कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नभएको स्पष्टीकरण दिएकी छन् । साथै श्रेष्ठले रेशम चौधरीको गैरकानुनी गिरफ्तारीको बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिइसकेको भन्दै उनले अहिले सरकार छाड्ने र समर्थन फिर्ता नलिने बताएकी छन् । यहि बैशाख १७ गते काठमाडौँको प्रज्ञा भवनमा एकताको कार्यक्रम शुरु हुनु अघि रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि एकता प्रकृया रोकिएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवादले कसैको पनि हित नगर्ने बताएका हुन् । उनले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान विच तनावको अवस्था देखिएको उल्लेख गर्दै आफ्नो छिमेकि मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्ने बताएका छन् । उनले भने- परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भएपनि , हिजो साँझ व्यक्तव्य मार्फत सार्वजनिक गरेको "आतंकवादका विरुद्धको अडान" को स्वागत गर्दे, भारत-पाकिस्तान वीच…
काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्, जसलाई निष्क्रिय पारिएको छ।भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ । बिहीबार राति अबेर, भारतीय सैन्य प्रवक्ताले एक विज्ञप्तिमा पाकिस्तानले १६ भारतीय रक्षा प्रतिष्ठानहरूमा रकेट र क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरे, जसलाई आधुनिक उपकरणको सहयोगमा निष्क्रिय पारिएको थियो ।नियन्त्रण रेखा नजिकै पुंछ क्षेत्रमा गए राति पनि भारी गोलाबारी जारी रह्यो, जसमा एक जनाको मृत्यु भयो र एक महिला घाइते भइन् । स्थानीय पुँछका प्रहरी अधिकारीले बताएअनुसार गोलीबारीमा लोहल बेलाका नागरिक मुहम्मद अब्रारको मृत्यु भएको छ भने बेलियनकी शाहिदा…
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटसंग सम्बन्धित निकाय, मन्त्रालयका सचिव र कर्मचारीहरुसंग छलफल अघि बढाएको छ । बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।यस पटक कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट राजश्व बाँडफाड र वित्तीय समानीकरणतर्फको अनुदान बढेपछि सरकारकाले…
काठमाडौँ । भारतीय सेनाले गएराती पाकिस्तानले गरेको आक्रमणको जानकारी दिएको छ ।भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय ले गए राति पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।भारतीय सेनाले लेखेको छ- 'पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमणहरू गरेको छ । पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ ।'भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ ।बिहीबार राति करिब ११ बजे जम्मु कश्मिरको उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ।का शीर्ष नेता तथा नेपाल–भारत प्रवुद्ध समूहका भारततर्फका तत्कालिन संयोजक भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् ।नेपाल भ्रमणमा आएका कोश्यारीले आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका हुन् । उनी धार्मिक कार्यक्रमको लागि काठमाडौं आएको बताईएको छ ।नेपाल मामिलाका जानकार मानिने कोश्यारीले नेपाल बसाईको क्रममा केही उच्चस्तरको राजनीतिक भेटवार्तासमेत गर्ने बताइएको छ ।
काठमाडौँ । भारतले सबै ओटीटी प्लेटफर्महरू, मिडिया स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानमा बनेका कुनै पनि सामग्रीलाई तत्काल प्रभावबाट स्ट्रिम गर्न बन्द गर्न निर्देशन दिएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा बनेका वेब सिरिज, चलचित्र, गीत, पोडकास्ट वा कुनै पनि प्रकारको सामग्री बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले स्ट्रिमिङ प्लेटफर्महरूलाई सबै प्रकारका पाकिस्तानी कन्टेन्ट बन्द गर्न निर्देशन दिएको छ । भारत र पाकिस्तानबीच जारी तनाव र भारतद्वारा सञ्चालित अपरेशन सिन्दूरको बीचमा भारत सरकारले यो निर्णय गरेको हो ।यस अघि भारतले बिभिन्न पाकिस्तानी सेलिब्रेटीका युट्युबसहित अन्य सामाजिक सञ्जाल एकाउन्ट बन्द गरेको थियो ।
