Skip to main content

Khotang Khabar

भारत-पाकिस्तान तनाव: कस्तो रह्यो जम्मू-कश्मीरमा रातभरको अवस्था ?

काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्, जसलाई निष्क्रिय पारिएको छ।भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

बिहीबार राति अबेर, भारतीय सैन्य प्रवक्ताले एक विज्ञप्तिमा पाकिस्तानले १६ भारतीय रक्षा प्रतिष्ठानहरूमा रकेट र क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरे, जसलाई आधुनिक उपकरणको सहयोगमा निष्क्रिय पारिएको थियो ।नियन्त्रण रेखा नजिकै पुंछ क्षेत्रमा गए राति पनि भारी गोलाबारी जारी रह्यो, जसमा एक जनाको मृत्यु भयो र एक महिला घाइते भइन् ।

स्थानीय पुँछका प्रहरी अधिकारीले बताएअनुसार गोलीबारीमा लोहल बेलाका नागरिक मुहम्मद अब्रारको मृत्यु भएको छ भने बेलियनकी शाहिदा अख्तर नामकी एक महिला घाइते भएकी छिन् र उनको मन्डी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।नियन्त्रण रेखा नजिकै पाकिस्तानले गरेको गोलाबारीबाट धेरै घरहरूमा क्षति पुगेको छ।

त्यस्तै बारामुल्ला, कुपवाडा र बन्दीपोरा जस्ता नियन्त्रण रेखा नजिकका क्षेत्रहरूमा अवस्था तनावपूर्ण छ । कुपवाडाका केही क्षेत्रहरूमा गोलाबारीका कारण केही भवनहरूमा क्षति पुगेको छ।त्यस्तै उरीका स्वास्थ्य विभागका एक अधिकारीले गोलाबारीमा नर्गिस बेगम नामकी एक महिलाको मृत्यु भएको बताएका छन् ।

यो सम्पूर्ण परिस्थितिको समयमा, भारतीय सेनाले जम्मू कश्मीरमा रेड अलर्ट जारी गर्‍यो र नागरिक प्रशासनले ब्ल्याकआउटको घोषणा गर्‍यो, जसका कारण रातमा जम्मू कश्मीरका धेरै क्षेत्रमा बिजुली थिएन र मानिसहरू डराएका थिए ।

पुंछमा रातभरि भएको गोलाबारीपछि आज बिहान पनि भारी गोलाबारी भएको छ, तर अहिलेसम्म कुनै हताहतको समाचार छैन। जम्मू कश्मीरका सबै शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् र परीक्षाहरू पनि स्थगित गरिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...