Skip to main content

Khotang Khabar

Breaking News 2

काठमाडौ महानगरको एसइइ परीक्षा केन्द्रमा विद्यार्थीलाइ घर फर्कन सहयोगको सूचना

काठमाडौ महानगरको एसइइ परीक्षा केन्द्रमा विद्यार्थीलाइ घर फर्कन सहयोगको सूचना

काठमाडौ। काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ। महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ। परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ। सम्पर्क नम्बरहरु: बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६ नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३ टेकुतर्फका…
Read More
अमेरिकाले २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि युरोपद्वारा आलोचना

अमेरिकाले २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि युरोपद्वारा आलोचना

काठमाडौं । पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् । उनीहरूले यसले अटलान्टिकका दुवै तर्फका उपभोक्ता र कम्पनीहरूलाई समान रूपम सजाय दिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेको नयाँ २५ प्रतिशत आयात कर ‘विश्वव्यापी अटोमोबाइल निर्माताहरू र अमेरिकी उत्पादनलाई एकैसाथ चोट पुर्‍याउने’, युरोपेली अटोमोबाइल निर्माता संघले एक विज्ञप्तिमा बताएको छ । जर्मनीको अटो उद्योग संघ, भिडिएका प्रमुखले करहरूले कार निर्माताहरू र गहिरो अन्तरसम्बन्धित विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्येक कम्पनीलाई ‘उत्तर अमेरिकासहित उपभोक्ताहरूका लागि सबै भन्दा बढी नकारात्मक परिणामहरू ल्याउने’ बताए ।
Read More
उपप्रमुख डंगोलको बुद्धिष्ट एजुकेशन भवनको काम तत्काल रोक्न निर्देश ।

उपप्रमुख डंगोलको बुद्धिष्ट एजुकेशन भवनको काम तत्काल रोक्न निर्देश ।

काठमाडौं। काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर १५ स्थित किमडोलमा निर्माण भइरहेको धर्मकिर्त विहारको स्वामित्वमा रहेको बुद्धिष्ट उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन समितिको संयोजक टोलीले स्थलगत निरीक्षणमा निर्माण कार्यमा निकै लापरवाही पाइयो। डंगोलले सम्झौता अनुसार काम नगरेको भन्दै भवन निर्माण रोक्न आदेश दिएकी हुन्। सम्झौतामा भवन २०८२ भदौ २२ सम्ममा पूरा गर्नुपर्ने उल्लेख छ, र यसको लागत ५६ लाख ५८ हजार ३ सय ७२ रुपैयाँ (भ्याट बाहेक) तोकिएको थियो। निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने निर्माण कार्यका क्रममा भर्याङको निर्माणमा समस्या, ढलानको समयमा पानी हाल्ने लगायतका कार्यमा लापरवाही देखिएका कारण डंगोलले निर्माण काम रोक्न निर्देशन दिएकी हुन्। "यदि सम्झौता अनुसारका सबै काम…
Read More
माइतीघर मण्डलाबाट अमेरिकी नागरिक पक्राउ ।

माइतीघर मण्डलाबाट अमेरिकी नागरिक पक्राउ ।

काठमाडौं। माइतीघर मण्डलामा राजावादीहरुले कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गरिरहेको स्थानबाट अमेरिकी नागरिक जुलियन कृपाललाई पक्राउ गरिएको छ। ५८ वर्षीय जुलियन कृपाललाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरवार वृत्तमा राखिएको जानकारी गराएका छन् । उनको मुद्दामा प्रहरीले अध्यागमन कानुन अनुसार कारवाही गर्ने निर्णय गरेको छ। प्रहरीका अनुसार, जुलियनको मोबाइलमा पासपोर्टको फोटो फेला परेको छ, र उनी नेपालमा रहेका विदेशी नागरिकको स्थिती र कानूनी पक्षको जाँच जारी राखिएको छ। काठमाडौँ परिसरका प्रवक्ता एपी अपिल बोहोराले जुलियनका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। जुलियन कृपालको पक्राउ परेका घटनाले सुरक्षा र विदेशीसँग सम्बन्धित कानूनी मापदण्डको सन्देश दिनुका साथै, विदेशी नागरिकहरूले नेपालमा रहेका कानूनी प्रावधानहरूको…
Read More
कप्तान एन्जिला तुम्बापो ‘अन्जिला’ फिल्मको प्रमोसनको लागि नेपाल आइन् ।

कप्तान एन्जिला तुम्बापो ‘अन्जिला’ फिल्मको प्रमोसनको लागि नेपाल आइन् ।

  बाँके। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा केही दिनका लागि नेपाल फर्कने भएकी छिन्। उनको जीवनकथामा आधारित फिल्म ‘अन्जिला’ अहिले देशभर दोस्रो सातामा प्रदर्शन भइरहेको छ, र सोही फिल्मको प्रमोसनको लागि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेकी छिन्। एन्जिला बिहीवार बिहान १०:३० बजे नेपाल फर्कने बताइएको छ। उनले ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी छन् र अर्को साता ग्रीस फर्कने योजना बनाएकी छिन्। गत महिना उनले फोर नेसन्स उमन्स च्याम्पियनसिपको लागि नेपाल भ्रमण गरकी थिइन् र त्यस समयमा प्रमोसन कार्यक्रममा पनि सहभागी भएकी थिइन्।
Read More
सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला १३ सय रुपैयाँ बढ्यो।

सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला १३ सय रुपैयाँ बढ्यो।

बाँके। बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली बजारमा सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबारको दिनमा यो मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार २ सय अ२० रुपैयाँ पुगेको छ। यो वृद्धि बजारमा सुन र चाँदीको मागमा बढोत्तरी भएको संकेत हो। व्यवसायीहरूले भने, विश्व बजारमा सुन र चाँदीको मूल्यमा उतारचढ़ावका कारण स्थानीय बजारमा पनि प्रभाव परेको बताएका छन्। सुन र चाँदीको मूल्यमा यसरी भएको वृद्धि आम…
Read More
‘कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौँ’ : प्रचण्ड’

‘कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौँ’ : प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।
Read More
घिसिङको बर्खास्तीलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध ।

घिसिङको बर्खास्तीलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध ।

  बाँके। नेपालमा प्रतिनिधि सभा बैठक बुधबार स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरूले बैठक अवरुद्ध गरेका हुन् । यसअघि बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा संसद चल्न नदिने चेतावनी दिएका थिए। बस्नेतको सम्बोधनपछि माओवादी, रास्वपा, राप्रपा लगायतका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गर्दा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी दिए। यसअघि सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले सरकारको निर्णयलाई असंवैधानिक मान्दै घिसिङको बर्खास्तीको विरोध गर्ने निर्णय गरेको थियो। रास्वपा प्रमुख…
Read More
इरान फिफा विश्वकप २०२६ मा छनोट।

इरान फिफा विश्वकप २०२६ मा छनोट।

काठमाडौँ। इरानले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। उज्वेकिस्तानसँगको २-२ को बराबरी खेलपछि इरानले समूह ‘ए’ मा शीर्ष स्थानमा पुगेर आगामी विश्वकपमा स्थान पक्का गरेको हो। उज्वेकिस्तानको घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गर्दै टोलीलाई खेलमा फर्काए। खेलको १६औं मिनेटमा उज्वेकिस्तानका खोजिमत एर्किनोभले गोल गर्दै अग्रता दिलाए, भने इरानका तारेमीले ५२ औं मिनेटमा गोल गर्दै बराबरी बनाएका थिए। यसपछि, उज्वेकिस्तानका एब्बोस्बेक फेजुलेभले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। तर, तारेमीले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई बराबरी दिलाए र अन्ततः आवश्यक अंक जोडेर विश्वकपमा स्थान सुनिश्चित गरे।…
Read More
रास्वपाको कुलमान घिसिङलाई बदनियतपूर्वक बर्खास्त गरेको आरोप

रास्वपाको कुलमान घिसिङलाई बदनियतपूर्वक बर्खास्त गरेको आरोप

बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बदनियतपूर्वक बर्खास्त गरेको आरोप लगाएको छ। मंगलबार बेलुकी पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको हो। विज्ञाप्तीमा विद्युत् प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत घिसिङलाई सरकारले बक्यौता रकम उठाउन नदिने उद्देश्यले कारबाही गरेको उल्लेख गरिएको छ । यससँगै बिचौलियाहरुको संरक्षणको शृंखलाअन्तर्गत घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूले देशमा सुधार ल्याउने चाहनामा रहेका आम युवा र सचेत नागरिकलाई निरुत्साहित बनाएको रास्वपाको ठहर गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति मार्फत जनाएका छन् ।
Read More