Skip to main content

Khotang Khabar

माइतीघर मण्डलाबाट अमेरिकी नागरिक पक्राउ ।

Advertisement

काठमाडौं।
माइतीघर मण्डलामा राजावादीहरुले कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गरिरहेको स्थानबाट अमेरिकी नागरिक जुलियन कृपाललाई पक्राउ गरिएको छ। ५८ वर्षीय जुलियन कृपाललाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरवार वृत्तमा राखिएको जानकारी गराएका छन् । उनको मुद्दामा प्रहरीले अध्यागमन कानुन अनुसार कारवाही गर्ने निर्णय गरेको छ।

प्रहरीका अनुसार, जुलियनको मोबाइलमा पासपोर्टको फोटो फेला परेको छ, र उनी नेपालमा रहेका विदेशी नागरिकको स्थिती र कानूनी पक्षको जाँच जारी राखिएको छ। काठमाडौँ परिसरका प्रवक्ता एपी अपिल बोहोराले जुलियनका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

जुलियन कृपालको पक्राउ परेका घटनाले सुरक्षा र विदेशीसँग सम्बन्धित कानूनी मापदण्डको सन्देश दिनुका साथै, विदेशी नागरिकहरूले नेपालमा रहेका कानूनी प्रावधानहरूको पालन गर्नुपर्ने महत्त्वपूर्ण विषयलाई उजागर गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *